नालीमा लडेर वृद्धको मृत्यु

बिहीबार, पुस ८, २०७८

भक्तपुर, ८ पुस । नालीमा लडेर भक्तपुरमा एक वृद्धको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका-४ मा आफ्नै घर अगाडिकाे नालीमा लडेर ९७ वर्षीय कान्छा श्रेष्ठको मृत्यु भएको हो ।  महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार श्रेष्ठलाई घाइते अवस्थाका उपचारको लागि काठमाडौंको जोरपाटीस्थित शंखरापुर अस्पताल लगेको थियो । उपचारकै क्रममा बुधबार राति मृत्यु भएको प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु पाण्डेले बताए ।  घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिइ गई अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १३:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार