सबै शहरी सडकमा साइकल लेन बन्नुपर्छ ः शहरी विकासमन्त्री 

शुक्रबार, कात्तिक २८, २०७७

काठमाडौं । शहरी विकास मन्त्रालयले सबै शहरी सडकमा अनिवार्य रुपमा साइकल लेन हुनुपर्ने जनाएको छ । शहरी सडक निर्माण गर्दा साइकल लेन बनाउन पर्ने व्यवस्था भएपनि शहरमा निर्माण भैरहेको सडकमा साइकल लेन छैन । अधिकांस निर्माण कम्पनीले साइकल लेन बनाउने गरेका छैनन् । मन्त्रालयले अब बन्ने र बनिरहेका सबै शहरी सडकमा साईकल लेन बनाउनुपर्ने स्पष्ट पारेको छ । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले सबै शहरी सडकमा साइकल लेन बनाउनुपर्ने बताएका हुन् । उनले  साइकल लेनसहित सडक निर्माण गर्ने जिम्मा लिएका ठेकेदारले साइकल लेन नबाएको भए तत्काल बनाउन निर्देशन दिए । 
साइकल प्रेमी अभियन्ताको तर्फबाट  नेपाल साइकल सोसाइटीले शुक्रबार सबै शहरी सडकमा साइकल लेन बनाउन माग गर्दै अनुरोधपत्र बुझाएका थिए ।  मन्त्री श्रेष्ठले १० बुदे अनुरोधपत्र बुझ्दै शहर विकाससंगै साइकल लेनको विस्तार गर्नुपर्ने बताएका हुन् । 
मन्त्री श्रेष्ठले भने, ‘वातावरण र आर्थिक रुपमा समेत प्रभाव पार्ने विषयमा मन्त्रालयले ध्यान दिनेछ ।’ ‘साइकल प्रेमी युवा अभियन्ताले दिएका सुझावलाईम कार्यान्वयन गर्न सबै निकायलाई निर्देशन दिनेछु’ मन्त्री श्रेष्ठको भनाई थियो । 
उनले अभियन्ताले दिएको सुझावलाई कार्यान्वयन गर्न तत्काल विस्तृत अध्ययन कार्यदल बनाउने र सोको आधारमा सातै प्रदेश र ठुला शहर रहेका स्थानीय निकायमा सल्लाह गरी सबैसडकमा साइकल लेन बनाउन अगुवाई भुमिका खेल्ने बताए । 
मन्त्रालयले शहरी विकास मन्त्रालयको संयोजनमा  सरोकारवाला मन्त्रालय, सोसाइटीका अधिकारी, वातावरणविद्लगायतका अधिकारी सम्मिलित कार्यदल बनाएर काम अघि बढाउने बताए । 
 कार्यक्रममा आफ्नो धारणा राख्नै सचिव डा. रमेशप्रसाद सिंहले सबै शहरी सडकमा साइकल लेन बनाउने प्रतिबद्धता जनाए । 
उनले भने, ‘पोखरा, भरतपुर,काठमाडौ, विराटनगर, जनकपुर लगायत ठुला शहरी सडकमा साइकल लेन बनाउनैपर्छ । त्यस बाहेक हाल निर्माणाधिन सडकमा हल लेन हुनैपर्छ ।’ 
केही शहरमा बाटोको कारण साइकल लेन बनाउन केही समस्या भएको जानकारी गराउँदै अब नया बन्ने सबै सहरमा साइकल लेन बन्ने बताए । 
उनले भने, ‘वातावरण परिवर्तनबाट हुने असरलाई जोगाउन साइकल लेनले महत्वपूर्ण भूमिका खेल्छ । मानव स्वाथ्य र वातावरणको लागि साईकल लेन आवश्यक रहेको छ ।’ 
अब शहरी सडक निर्माणको क्रममा योजना तय गर्न सोसाइटीलाई समेत सहभागिता जनाउने गरी व्यवस्था गर्ने छौं,उनले भने । सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठले नेपालमा साइकल चढ्नेको संख्या बढ्दै गएको र शहरी सडकमा साइकल लेनको अभाव रहेको गुनासो गरे । नयाँ सहर बनाइरहेको सरकारले अनिवार्य रुपमा साइकल लेन बनाउन सुझाब दिए । उनले भने, ‘नेपाल शहरी मापदण्ड–२०७६ स्वीकृत भै कार्यान्वयनको अवस्थामा सडकलाई पाथ, सडक, मार्ग र उपमार्गहरुमा वर्गीककरण गर्नुपर्छ ।’
उनले सडक करिडोर,रिङरोड र अन्य सबै शहरी सडकमा साइकल लेन निर्माण गर्न आग्रह गर्दै भने, ‘साइकल लेनको अभावका कारण भएको दुर्घटनालाई रोक्न र निर्वाध रुपमा साइकलमा यात्रा सुरक्षित गर्न साइकल लेन बनाउनुपर्छ ।’ 
सोसाइटीले विभिन्न माहानगर, उपमहानगर र नगरपालिकामा साइकल लेन, साइकल स्टेण्ड निर्माणसहितको पाइलट प्रोजेक्ट शुरु गर्न टाउन डेभलपमेन्ट फन्ट स्थापना गर्न माग गरेको छ । 
सोसाइटीका सल्लाहकार सागर वन्तले विश्वका अधिकांस देशका सडकमा साइकल लेन निर्माण भएको स्मारण गराउँदै नेपालका ठूला सडकमा पनि साइकल लेन बनाउन सुझाव दिए । सोही अवसरमा सोसाइटीले साइकलिष्ट, तथा वातावरणविद् प्रल्हाद योञ्जनको साइकल दुर्घटनामा मृत्यु भएको सम्झानामा कातिक १४ वा जन्मदिनमा साइकल दिवस मनाउन र साइकल प्रेमीएवं प्रशिक्षक श्याम श्रेष्ठको साइकल दुर्घटना भएको स्थल त्रिवि गेट नजिक साइकल पार्क निर्माण गर्नआग्रह गरेको थियो । 
मन्त्री श्रेष्ठले सरकारले साइकल दिवस र साइकल प्रेमी श्याम श्रेष्ठको सम्झनामा बल्खुमा पार्क बनाउने विषयमा पहल गर्ने बताए । 
सोसाइटीका सल्लाहकार वन्त, सृष्टिना श्रेष्ठ, सरिता मास्के, शैल श्रेष्ठ, राजेश महर्जन ,मधुकर महर्जन, रुबिन सिंह महर्जनले मन्त्री श्रेष्ठ र सचिव सिहलाई मागपत्र पेश गरेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७  १९:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार