पोखरामा मनाए लिम्बू समुदायले ‘उधौली पर्व’

सोमबार, पुस ५, २०७८

गण्डकी, ५ पुस । (याक्थुङ चुम्लुङ) लिम्बूले सामूहिक रुपमा आफ्नो समुदायको राष्ट्रिय पर्व उधौली पर्व मनाएका छन् । हरेक वर्ष मनाउदै आएका किरात याक्थुङ चुम्लुङ कास्कीले पूजाआजा तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै पर्व मनाएका हुन् ।  संस्थाका अध्यक्ष धनबहादुर थेबे लिम्बुले  पोखरा रहेका याक्थुङहरु भेला भएर उधौली पर्व मनाउँदै आएको बताए । उनले भने, “यसरी आफ्नो महान् पर्व मनाउन पाउँदा खुशी लागेकोछ ।” उनका अनुसार किँरातले उधौली पर्व अन्नवाली छरिसकेपछि मनाउने गर्छन् भने उभौली पर्व अन्नवाली लगाउने समयमा मनाउने गर्दछन् ।

कास्कीमा लिम्बु समाज स्थापना गरेको तीन वर्ष भएको जनाउँदै उनले भने “ यो चुम्लुङ खोल्नुको उद्देश्य  भनेको हाम्रो भाषा, लिपी, संस्कृति  र च्याब्रुङ (केलाङ) बाजाको संरक्षण गर्नु अपरिहार्य छ ।” पर्वलाई विशेष बनाउनका लागि विभिन्न नाँचहरु समावेश गरिएको थियो । 
“हामीले यो पर्वमा च्याब्रुङ नाँच नाच्छौँ”, उनले भने, “यसमा १९  चराको नक्कल गरेर कथाअनुसार नाँच्ने प्रचलन रहेको छ ।’’समुदायका अग्रज मदन ईङनाम सुब्बाले हरेक वर्ष मनाउँदै आएको पर्वले पोखरामा छरिएर रहेको लिम्बुलाई एकताबद्ध बनाउन सहयोग पुगेको बताए ।  

 

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  ११:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार