सोसल मिडिया
Contact Us
युनिकोड
व्यास नगरपालिका–५ पाटनमा सम्पन्न प्रथम पाटन सांकृतिक महोत्सवमा रु ६५ लाखको कारोबार भएको छ । गत मङ्सिर २४ गतेबाट सुरु भई आइतबार सम्पन्न भएको महोत्सवको करिब ७० हजार दर्शकले अवलोकन गरेको आयोजकले दाबी गरेको छ । यसअघि पुस ३ गतेसम्म महोत्सव आयोजना गरिएकामा एक दिन थप गरिएको थियो । पाटन युवा क्लबका अध्यक्ष अमर थापाले अपेक्षा अनुसार नै महोत्सव सफल भएको जानकारी दिए ।
महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति, वैदेशिक रोजगार प्रवद्र्धनसम्बन्धी परामर्श, निःशुल्क स्वास्थ्य शिविर, न्यानो कपडा, होटल, भाडा, ढाका कपडा र रमाइलो मेला आकर्षणको रुपमा रहेको थियो । महोत्सवको समापन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले महोत्सवले आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक क्षेत्रको विकासमा टेवा पु¥याउने बताए। व्यास र पराशर, मानुङकोट र पाटनको सम्बन्ध महोत्सवले बढाएको उनको भनाइ थियो । नगरपालिकाले व्यास, पराशरमा आन्तरिक पर्यटन प्रबद्र्धन गर्न यस वर्ष व्यास झुलाका लागि रु ५० लाख बजेट विनियोजन गरेको उनले बताए ।