सोसल मिडिया
Contact Us
युनिकोड
ओटावा । क्यानडामा विमानमार्फत विदेशबाट आएकालाई होटल क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्री जस्टीन ट्रुडोले यही फेब्रुअरी २२ देखि होटल क्वारेन्टाइन अनिवार्य सम्वन्धीव्यवस्था पूर्णरुपमा कार्यान्वयन हुने बताए । कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम नरोकिएको र विदेशबाट आउनेहरुबाट धेरै जना सङ्क्रमित भएको देखिएकाले यस्तो व्यवस्थागरिएको उनले स्पष्ट पारे । विदेशबाट आउनेबाट नयाँप्रकारको कोरोना भाइरस पनि धेरै जनालाई सरेको पाइएको अधिकारीले जानकारी दिएका छन् । ‘हामीले नागरिकलाई सुरक्षित राख्न अनेक उपायहरु अपनाइरहेका छौँ, त्यही शिलशिलामा अत्यावश्यक बाहेकका यात्रुलाई स्वदेश आउन नदिने र अत्यावश्यक परेर आएकालाई पनि कडा सतर्कता अपनाउन लगाउने व्यवस्था गरेका छौँ’ उनले भने ।ओटावामा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ट्रुडोले महामारी न्युनिकरणका लागि अरु पनि धेरै उपाय अपनाइएको जानकारी दिएका छन् । विदेशबाट आएकालाई विमानस्थलमै आफ्नै लगानीमा कोरोनाभाइरसको परीक्षण गर्न समेत क्यानाडा सरकारले निर्देशन दिएको छ । होटल क्वारेन्टाइनमा बसेकालाई कोरोना परीक्षण गरेको रिपोर्ट नआउदासम्म सरकारी अधिकारीको रोहबरमा तीन दिन होटलमै राख्ने व्यवस्था गरिएको छ । होटलको खर्च पनिव्यक्तिले नै तिर्नुपर्ने भएको छ ।–सिन्ह्वा