सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, ४ पुस । सर्लाही हरिऔनस्थित चतुर्भुजेश्वर जनता उच्च माध्यामिक विद्यालय सुखीपोखरीको स्वर्ण महोत्सवका अवसरमा विद्यालयका संस्थापक एवं हरिऔन निर्माता शताब्दी पुरुष बबरजङ थापालाई अभिनन्दन गरिएको छ । उक्त विद्यालयको २०३२ सालको एसएलसी समूह (ब्याच) ले शनिबार विद्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा त्यस बेलाको विद्यालयका गतिविधि समेटेर प्रकाशन गरिएको स्वर्ण वर्ष स्मारिका शताब्दी पुरुष थापाले लोकापर्ण गरे । समाजसेवी १०१ वर्षीय शताब्दी पुरुष थापाले समग्र हरिऔन क्षेत्रमा शिक्षा, स्वास्थ्य, बजार, धार्मिक मठ मन्दिर र सडक विस्तारका लागि महत्वपूर्ण योगदान पु¥याएका थिए। हरिऔन नगरपालिका प्रमुख गणेशप्रसाद प्रसाईं, पूर्वप्रधानाध्यापक कृष्णप्रसाद भट्टराई, ङमेन्द्रप्रसाद घिमिरे, उमेशलाल दास तथा प्रधानाध्यापक रामप्रसाद बरालले गुरु–शिष्यको सम्बन्ध हराउँदै गएको परिप्रेक्षमा पुराना विद्यार्थीबाट भएका यस्ता कार्यक्रमबाट समाजलाई उत्प्रेणा प्रदान गर्ने धारणा व्यक्त गरे । समारोहमा त्यस समयका उक्त विद्यालयका १५ शिक्षकलाई पनि सम्मान गरिए गरियो । उनीहरुले पुराना विद्यार्थीले सम्झेर गरेको सम्मानबाट आफूहरु हर्षविभोर र आनन्दित भएको प्रतिक्रिया दिए। उक्त समूहका विद्यार्थी वरिष्ठ कवि दिनेश अधिकारी, होटल तथा पर्यटन प्रवद्र्धनमा क्रियाशील निरेन श्रेष्ठ र मुलुकको शिक्षा क्षेत्रका विकासमा क्रियाशील डा श्यामप्रसाद भट्टराई, हरिऔन गाउँपालिकाका तत्कालीन उपप्रमुख कोकिलानन्द उप्रेतीले गुरुलाई सम्मान गर्ने परम्परा समाजमा सदासर्वदा स्थापित होस् भन्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे । उक्त समूहले यसअघि पूर्वप्रधानाध्यापक भट्टराई र महेन्द्रप्रसादलाई केही समयअघि काठमाडौँमा अभिनन्दन गरेको थियो ।