देउवालाई सहयोग गर्ने प्रकाशमानको निर्णयमा विश्वप्रकाश शर्माको समर्थन

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिको दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई सहयोग गर्ने निर्णयप्रति विश्वप्रकाश शर्माले समर्थन जनाएका छन् ।  मंगलबार बिहान चाक्सीबारीमा भएको भेटवार्तामा सभापतिको निर्वाचनमा सिंहले देउवालाई समर्थन गर्ने सहमति भएको हो । शर्मा सिंहको प्यानलबाट महामन्त्रीका उम्मेदवार हुन् ।  ‘सर्वसम्मति सर्वोत्तम ! दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु- नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ । पराजित भए पनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो । सही निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु,’ शर्माले ट्विटमार्फत भनेका छन् ।
 

 

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  ११:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार