सोसल मिडिया
Contact Us
युनिकोड
नाब्लस (प्यालेस्टाइन क्षेत्र) , २७ मङ्सिर । वेस्ट बैंकमा सोमबार बिहान इजरायली सेनासँगको भिडन्तका क्रममा एक प्यालेस्टिनी मृत्यु भएको सुरक्षा र चिकित्सा स्रोतहरूले जानकारी दिएका छन् । जमील अल–कयाल नाम गरेको ३१ वर्षीय एक व्यक्ति झडपको क्रममा मारिएका हुन । नाब्लस शहरको रस अल–ऐन क्षेत्रमा झडपको क्रममा टाउकोमा गोली लागेर उनको मृत्यु भएको प्यालेस्टाइनी स्रोतहरूले जानकारी दिएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।– रासस/एएफपी