क्वेडरमा बस दुर्घटनामा परी १८ को मृत्यु, २५ घाइते

सोमबार, मंसिर २७, २०७८

क्वीटो, २७ मङ्सिर । इक्वेडरमा बस दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ । सो दुर्घटनामा अरु २५ जना घाइते भएका छन् । दक्षिणी इक्वेडरको मोरोना सान्टियागोमा सो बस दुर्घटनामा परेको थियो । त्यसमा परेर १८ जनाको ज्यान नै गएको र अरु २५ जना घाइते भएका यहाँका प्रहरी अधिकारीहरुले जनाएका छन् । शनिबार राति सो दुर्घटना भएको थियो । दुर्घटनामा परेका घाइतेहरुलाई अस्पताल पु¥याइएको बताइएको छ । दुर्घटनाको कारणका बारेमा अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएका छन् ।  

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १५:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार