ताइवानसँग सम्बन्ध तोडेको तीन दिनपछि निकारागुआले पायो २ लाख डोज खोप 

सोमबार, मंसिर २७, २०७८

बेइजिङ, २७ मंसिर । ताइवानसँग कूटनीतिक सम्बन्ध तोडेपछि निकारागुवाले चीनबाट १० लाख डाेज कोभिड खोप पाएकाे छ । सिनोफार्म खोपको २ लाख डोज बोकेर एयर चाइनको एउटा विमान निकारागुआाको राजधानी सहर मनगुवा उत्रिएको छ । ‘हामीले चीनबाट सहयोगस्वरुप २ लाख डोज खोप ल्याएका छौ,’ निकारागुवाका राष्ट्रपतिका छोरा लाउरेनो ओर्टेगाले भने । बेइजिङसँग सम्बन्ध पुर्नस्थापना भएकोमा आफूहरुलाई खुसी लागेको निकारागुआका अधिकारीहरुले बताएका छन् । अहिले निकारागुआका जम्मा ३८ प्रतिशत मानिसहरु पूर्ण खोप लगाएका छन् । त्यस्तै, ६७ प्रतिशतले एउटा डोज मात्र खोप लगाएका छन् ।  निकारागुवाले तीन दिनअघि ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको थियो । निकारागुआ ताइवानसँग कूटनीतिक सम्बन्ध तोड्ने अन्तिम देश हो।  निकारागुआको कदमलाई चीनले स्वागत गरेको थियो। आफूसँग कूटनीतिक सम्बन्ध राख्ने जुनसुकै देशले पनि ताइवानसँगको सम्बन्ध तोड्नुपर्ने बताउँदै आएको छ। अमेरिकी विदेश मन्त्रालयले आइतबार ताइवानसँगको सम्बन्ध विस्तार गर्न अन्य देशहरुलाई आह्वान गरिरहेका बेला निकारागुआको पछिल्लो घोषणा आएको हो। ताइवानलाई बेइजिङले आफूबाट टुक्रिएर रहेको एउटा प्रान्तको रुपमा हेर्ने गरेको छ। तर, ताइवानले भने आफूलाई एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न प्रजातान्त्रिक देशको रुपमा व्यवहार गर्दै आएको छ। सन् २०१६ मा राष्ट्रपति साइ इङ वेन राष्ट्रपति बनेपछि छिमेकी देशहरुले एकपछि अर्को गरी कूटनीतिक सम्बन्ध तोड्दै आएका छन्। 

 

 

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १४:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार