लुम्बिनी विकास बैंकको सेयर मूल्य समायोजन

सोमबार, मंसिर २७, २०७८

काठमाडौं, २७ मंसिर । नेपाल स्टक एक्स्चेन्ज(नेप्से)ले लुम्बिनी विकास बैंकको सेयर मूल्य समायोजन गरेको छ ।  नेप्सेले बैंकको १३ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको हो ।समायोजनपछिको भाउ ४२९ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ । सोमबार कारोबार खुल्दा सोही मूल्यलाई आधार मानेर खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन अर्थात् आइतबारको अन्तिम कारोबार मूल्य ४८५ रुपैयाँ ५० पैसा थियो । साेही मूल्यका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीस्लाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न ९ पुसमा साधारणसभा बोलाएको छ । सभा बैंकको केन्द्रीय कार्यालय डिल्लीबजारमा बिहान ११ः१५ बजे सुरू हुनेछ । सभामा १३ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । जसका लागि २६ मंसिरमा बुक क्लोज गरेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १३:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार