निर्वाचनमा हारेपछि दलितलाई कुटेको भिडियो भाइरल

सोमबार, मंसिर २७, २०७८

नयाँ दिल्ली, २७ मंसिर  । भारतमा पंचायतको निर्वाचनमा पराजित भएपछि एक स्थानीय नेताले दुई जना दलितलाई निर्घातपूर्ण रुपमा कुटेका छन् । दतिलकै कारण आफू पराजित भएको भन्दै पन्चायतको प्रमुखका उम्मेदवार बलवान्त सिंहले दलितलाई निर्धात कुटेका हुन् । दलितहरुले आफूलाई मतदान नगरेको उनले आरोप लगाएका छन् ।  दुबै जना दलितहरुले मदिरा सेवन गरेर मतदानस्थलमा मतदाता भड्काएको उनले आरोप लगाएका छन् । सिंहले दलितलाई कुटेको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ । भाइरल भिडियोमा सिंहले दुई जना कथित दलित समुदायका व्यक्तिकाे गर्धन समाएर सडकमा लक्षारपछार गरेको देखिन्छन् ।  घटनापछि सिंहलाई प्रहरीले पक्राउ गरेको छ । दलितलाई उनले दुर्व्यवहार गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १२:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार