सोसल मिडिया
Contact Us
युनिकोड
मुगु, २६ मंसिर : हिमाली जिल्ला मुगुमा आइतबार आगलागीबाट पीडित घर परिवारका बालवालिकालाई राहत सहयोग गरिएको छ ।
अन्तरधार्मिक राष्ट्रिय सञ्जाल नेपाल र सामाजिक अभियान्ता चेतना शाही लगायत अन्य मनकारी महिला नागरिकहरु कमला पन्थी , नाहिदा बानु , मोना आदित्य, सुर्जकला नेपाली र भावना चौलागाईबाट संकलित रकमबाट ६५ बालवालिकालाई झोला र स्वेटर प्रदान गरिएको थियो ।
१६ वर्ष मुनिका ६५ बालवालिकालाई २ लाख ५६ हजार रुपैयाँ बरावरको राहत सामग्री सहयोग गरिएको सामाजिक अभियान्ता शाहीले जानकारी दिइन् ।
उनका अनुसार मनकारी महिलाहरुको संकलित रकमबाट सानो भए पनि घाउमा मलम लगाउने प्रयास गरेको शाहीले बताइन् । अग्नि पीडितका बालवालिकाहरुको पढाईमा आयम थपियोस्, चिसो समयमा हातमा च्यापेर भन्दा झोलामा किताव कापी बोकेरै विद्यालय जान सकुन् भन्ने हेतुले स्वेटर र झोला वितरण गरिएको उनको भनाइ छ ।
उनका अनुसार यसअघि पनि अग्नी पीडितका लागि ३ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरिएको थियो ।