बिरामीको उपचार गर्न कर्णालीमा पसेँ : डा.केसी

शनिबार, मंसिर २५, २०७८

सुर्खेत, २५ मंसिर : डा. गोविन्द केसी बिरामीको उपचार गर्नका लागि कर्णाली प्रदेशमा पुगेका छन् । अर्थोपेडिक डा. केसी दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा बिरामीको उपचार गर्दै कर्णाली प्रदेश पुगेका हुन् ।

डा.केसी बागलुङको बोबाङ स्वास्थ्य चौकी, रुकुम पूर्वको जिल्ला अस्पतालमा बिरामीको उपचार गरेपछि शुक्रबार बिहान रुकुमपश्चिमको जिल्ला अस्पतालमा आइपुगेका हुन् । 

रुकुम पूर्वस्थित जिल्ला अस्पतालमा १४ दिन उपचार बिरामीको उपचार गरेर रुकुमपश्चिममा आएका डा. केसीले एक हप्ता बिरामीको निःशुल्क उपचार गरेपछि सल्यान जाने कार्यक्रम रहेको छ ।

रुकुमपश्चिम जिल्ला अस्पतालमा डा.केसीले हाडजोर्नीका बिरामीको उपचारको निदान र परामर्श गरिरहेका छन् । 

दुर्गमका उपचारको व्यवस्था राम्रो नभएको बिरामीहरूले राम्रो उपचार पाउन नसकेका कारणले अहिले आफू पश्चिम नेपालका पहाडी जिल्लाका दुर्गम गाउँमा उपचारका पुगेको रुकुमपश्चिममा एक हप्ता जिल्ला अस्पतालमा उपचार गरेपछि जिल्ला अस्पताल सल्यान जाने योजना रहेको डा.केसीले बताए ।

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  १९:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार