सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, २५ मंसिर । नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक ९डिआईजी० रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन् । काठमाडौंमा शुक्रबार पत्रकारसम्मेलन गर्दै पूर्व डिआईजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन्।
देशमा कुशासन व्याप्त भएकाले त्यसमा सुधार गर्न आफूले पार्टी खोलेको उनले बताए ।
पूर्व डिआईजी खरेलले देश सुहाउँदो र सुशासनलाई प्रमुख एजेण्डा बनाउँदै नव गठित पार्टी अघि बढने बताए ।
आफूले सेवा गर्नका लागि पार्टी खोलेको भन्दै खरेलले भने, ु मैले साथीहरुलाई भनेको छु सेवा गर्ने हो मेवा खाने होइन।ु
उनले राजनीतिमा लागेकाहरुमा सेवाको भन्दा पनि पेशाको भावना भएको बताए ।