छैैटौं सन्तानका पिता बने बेलायती प्रधानमन्त्री जोनसन

शुक्रबार, मंसिर २४, २०७८

लन्डन, २४ मंसिर : बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्री लाभ भएको छ । जोनसनलाई कान्छी पत्नी क्यारी जोनसनको तर्फबाट पुत्री लाभ भएको हो । ‘प्रधानमन्त्री र श्रीमती जोनसनलाई पुत्री लाभ भएको खवर घोषणा गर्न पाउँदा खुसी लागेको छ,’ जोनसन दम्पत्तीका प्रवक्ताका तर्फबाट सार्वजनिक भएको एक विज्ञप्तिमा भनिएको छ । 

शिशु र आमा दुबैको स्वास्थ्य अवस्था राम्रो भएको जनाइएको छ । ५७ वर्षीय जोनसनका दोस्रो श्रीमती म्यारिया ह्विलरको तर्फबाट चार सन्तान छन् । अहिले क्यारीतर्फबाट दुई सन्तान भएका छन् । जोनसनले यही मे महिनामा क्यारीसँग गोप्य ढंगले विवाह गरेका थिए । विवाहअघि नै उनीहरुले पुत्र जन्माएका थिए ।

सेप्टेम्बरमा एक अन्तर्वार्तामा उनले दुई श्रीमतीको तर्फबाट गरी ६ सन्तान भएको बताएका थिए ।-एजेन्सी

प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  ११:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार