जापानमा ६ रेक्टरको भूकम्प 

शुक्रबार, मंसिर २४, २०७८

टोकियो, २४ मङ्सिर । जापानको कागोशिमा प्रान्तमा बिहीबार ६.० म्याग्निच्युडको भूकम्प गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । स्थानीय समयानुसार बिहीबार बिहान ११ः०५ बजे भूकम्प गएको थियो ।  यसको केन्द्रविन्दु २९.४ डिग्री उत्तर अक्षांश र २० किलोमिटर गहिराईमा १२९.४ डिग्री पूर्व देशान्तरमा रहेको थियो ।  यस शक्तिशाली भूकम्पपछि अहिलेसम्म सुनामीको चेतावनी भने जारी गरिएको छैन ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  ०४:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार