लिबियाको संसदीय निर्वाचनका लागि पाँच हजार उम्मेदवार

शुक्रबार, मंसिर २४, २०७८

त्रिपोली, २४ मङ्सिर । लिबियामा आसन्न संसदीय निर्वाचनका लागि पाँच हजारभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन्  ।
लिबियाको निर्वाचन आयोगले बिहीबार दिएको जानकारी अनुसार संसदीय निर्वाचनका लागि पाँच हजार ३८५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । “उनीहरू सबैले उम्मेदवारी दर्ताका लागि आवश्यक सबै कागजपत्र र प्रक्रिया पूरा गरेका छन्,” आयोगद्वारा जारी वक्तव्यमा लेखिएको छ । आयोगका अधिकारीहरूले उम्मेदवारी दर्ताको समय अवधि गत मङ्गलबार नै सकिएको जानकारी पनि दिएका छन् । 
निर्वाचनमा देशभरिका २८ लाखभन्दा बढी मतदाता सहभागी हुने अपेक्षा गरिएको आयोगले जनाएको छ । संसद् सदस्य चयनका लागि हुने निर्वाचनका लागि भने आगामी सन् २०२२ को जनवरीमा मतदान हुने तय भएको छ ।   लिबियामा नयाँ राष्ट्रपति चयनका लागि डिसेम्बर २४ मा निर्वाचन हुन लागेको छ । लिबियामा शान्ति स्थापनाको चरण अन्तर्गत अहिले निर्वाचन हुन लागेको हो ।– रासस/सिन्ह्वा 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  ०४:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार