आगलागीमा मृत्यु भएकाको परिवारलाई १० लाख सहयोग

ललितपुर महानगरको सह्रानीय काम
बिहीबार, मंसिर २३, २०७८

ललितपुर, २३ मंसिर । महानगरपालिकाले महानगरको नःबहाल चक्रबहीलमा म्हँ पुजाको दिन आगलागीमा परि मृत्यु तथा घाइते भएकाको परिवारलार्ई १० लाख दिने निर्णय गरेको छ । उक्त घटना कात्र्तिक १९ गते भएको थियो । महानगरीय विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले प्रभावित परिवारलाई उक्त रकम दिने निर्णय गरेको हो । यसैगरी, बैठकले आगलागीमा परेर घाइते भएका सबैको औषधि उपचारको खर्च समेत महानगरले नै बेहोर्ने निर्णय गरेको छ । आगलागीमा परेको उक्त घर पुनर्निर्माणका लागि नक्सा पास गर्न लाग्ने राजश्व छुट दिने निर्णय समेत उक्त बैठकले गरेको महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, ‘ त्यो क्षति अपुरणीय हो, त्यसमा हामीले सहयोग गरेर घाउमा मल्हम मात्रै लगाउन खोजेका हौं ’ महानगर प्रमुख महर्जनले यो सहयोगले अग्नी पीडित परिवारलाई केही राहत पुग्ने बताए । आगलागीमा परेर चार जनाले ज्यान गुमाएका थिए । नःबहाल चक्रबहीलका लक्ष्मीकृष्ण ताम्राकारको घरमा आगलागी भएको थियो । प्रहरीले सर्जमिन गरी उठाएको मुचुल्का अनुसार आगलागीमा झण्डै २० लाखको क्षति भएको अनुमान गरेको थियो । महानगर वडा नं १२ का वडा अध्यक्ष नारायणलाल अवाले वडास्तरीय विपद् व्यवस्थापन समितिले घटना लगत्तै एक लाख सहयोग गरेको बताए । उनले घरबारविहीन भएकालाई महानगर र वडाले गरेको सहयोग महल्म भएको बताए । म्हँ पूजाको दिन झ्यालमा बालेर राखेको दियोको आगोल झ्यालको पर्दा टिपेर सल्किएको आगो भान्सामा पुगेपछि ग्याँस पड्किएको थियो मृत्यु हुनेमा ६७ वर्षीय लक्ष्मीकृष्ण, उनकी ३५ वर्षीया छोरी अन्जना, ३५ वर्षकी बुहारी रचना र १० वर्षका नाति निर्जल रहेका छन् । पाटन अस्पतालमा उपचारका लागि लगिएका लक्ष्मीकृष्णका ४२ वर्षीय छोरा निरज ताम्राकार केही दिनको उपचारपछि घर फर्किए । ३२ वर्षकी कान्छी छोरी सिर्जना ताम्राकार हालसम्म पनि उपचारकै क्रममा हुन । प्रहरीका अनुसार घटना हुँदा घरमा १० जना थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  १६:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार