सोसल मिडिया
Contact Us
युनिकोड
धनगढी, २३ मंसिर । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण पुष्टि भएसँगै कैलालीमा स्वास्थ्य मापदण्डमा कडाइ गरिएको छ । कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण हुन नदिन जिल्ला प्रशासन कार्यालय कैलालीले विभिन्न चार वटा आचारसंहिता जारी गर्दै कडाइ गर्न थालेको हो । डीसीएमसीको बिहीबार सम्पन्न बैठकले भिडभाड हुने कुनै पनि क्रियाकलाप नगर्न अनुरोध गरेको छ । प्रशासनले धार्मिक, साँस्कृतिक महत्वका स्थानमा नित्य पूजापाठ, आराधना बाहेक भेला र उत्सव गर्दा भिड नगर्न आग्रह गरेको छ । अतिआवश्यक काम गर्नुपर्ने भएमा जनस्वास्थ्य कार्यालयसँग समन्वय गर्न आग्रह गरेको छ ।