पहाडी क्षेत्रमा बदली, आज प्रदेश १ मा वर्षाकाे सम्भावना

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं, २३ मंसिर : बिहीबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेकाे छ । प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । 

राति प्रदेश १ र २  का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी  दिएकाे छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  ०८:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार