एमसीसीविरुद्ध रणनीति बनाउँदै ६ दलहरू

बुधबार, मंसिर २२, २०७८

काठमाडौं, २२ मंसिर । नेकपा क्रान्तिकारी माओवादीसहित विभिन्न ६ कम्युनिष्ट पार्टीहरू एमसीसीविरुद्ध रणनीति बनाउन छलफलमा छुटिरहेका छन् ।  मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न ६ दलहरू एमसीसीविरुद्ध रणनीति बनाउन बैठकमा बसेका छन् । काठमाडौंमा अहिले बैठक बसिरहेको छ ।  सरकारले २८ मंसिरबाट सुरु हुन लागेको संसद बैठकमा एमसीसी अनुमोदनका लागि पेस गर्न लागिएका भनिएका बेला उनीहरूको बैठक बसिरहेको हो । 

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १२:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार