यसकारण आफ्नै क्षेत्रमा हारे कांग्रेस नेता अमरेश सिंह

बुधबार, मंसिर २२, २०७८

सर्लाही, २२ मंसिर : नेपाली कांग्रेसका सांसद नेता अमरेशकुमार सिंह पार्टीकाे महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् । १४औँ महाधिवेशनमा केन्द्रमा चुनाव लड्ने तयारीमा रहेका सिंह आफ्नै निर्वाचन क्षेत्र सर्लाही-४ मा पराजित भएका हुन् । 

सर्लाही-४ मा महाधिवेशन प्रतिनिधिका लागि मंगलबार सम्पन्न मतदानमा प्रदेश २ का महिला बालबलिका मन्त्री वीरेन्द्र प्रसाद सिंह ५१६ मत पाएर प्रतिनिधि बन्दा सिंह २४८ मत पाएर पराजित भए । 

यससँगै केन्द्रमा प्रभाव राख्ने सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भए । का छन् ।

उनी प्यानलसहित पराजित भएका हुन् । मन्त्री सिंहको प्यानलबाट सुरेन्द्रप्रसाद सिंह ५ सय १६, वीरेन्द्रप्रसाद सिंह ५ सय १४, राजेश्वरप्रसाद सिंह ५ सय १४, रघुवीर कार्की ५ सय १३ मतसहित महाधिवेशन प्रतिनिधि बनेका छन् ।

क्षेत्रीय सभापतिमा रामआश्रय साह विजयी भएका छन् । साहले ५ सय १६ मत ल्याउदा उनका प्रतिद्वन्द्वी हरेन्द्र सहनीले २ सय २० मत ल्याएका छन् ।

किन हारे सिंह ?

सर्लाही-४ मा क्रियाशील सदस्यता वितरणमा मन्त्री वीरेन्द्रप्रसाद सिंह र  सांसद अमरेशकुमार सिंहबीचको टकराव थियो । कांग्रेसलाई नै भोट दिएकालाई क्रियाशील सदस्यता दिँदा अमरेशले विनाकारण लफडा गरेकाे आरोप मन्त्री सिंहले लगाउँदै आएका थिए ।
त्यसैले वडा अधिवेशन पनि निर्धारित समयमा भएन । क्षेत्रीय अधिवेशन पनि ढिलाे गरी भइएकाे छ । 

१३औँ महाधिवेशनमा क्षेत्रमा आफ्नो अनुकुल राजनीतिक अवस्था सिर्जना गरेका अमरेश संघीय संसादमा उम्मेदवारी दिँदा क्षेत्रका बलिया नेतामा पर्थे । उनलाई निर्वाचित गराएपछि विकास निर्माणका काम अगाडि बढ्ने कांग्रेस मतदाताकाे अपेक्षा थियाे । किनकि उनी कांग्रेसमा प्रभाव पार्नसक्ने नेता थिए ।

तर,  सांसद बनेपछि उनले मतदाता मात्र हाेइन स्थानीय नेता-कार्यकर्तासँग दूरी बढाए । सर्लाही-४ का नेता श्याम कार्की आफ्नै दम्भका कारण सिंह पराजित भएकाे बताउँछन् । 'उहाँले कार्यकर्ता र स्थानीयको अपेक्षाभन्दा पनि आफ्नै खुसीमा योजना ल्याउनु भयो । ती योजना नाममा मात्र  सम्पन्न भए,'  कार्कीले भने ।

सर्लाहीमा ४ बाट प्रदेश मन्त्री बने महाधिवेशन प्रतिनिधि, अमरेश सिंह पराजित

लामो समयदेखि नेपाली कांग्रेसको अधिवेशन हुन नसकेको सर्लाहीमा चर्चित नेता अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् ।

सर्लाही क्षेत्र नम्बर ४ मा महाधिवेशन प्रतिनिधिका लागि मंगलबार सम्पन्न मतदानमा प्रदेश २ का महिला बालबलिका मन्त्री वीरेन्द्र प्रसाद सिंह ५१६ मत पाएर प्रतिनिधि बनेका छन् । २४८ मत पाएका अमरेश भने पराजित भएका छन् ।

यससँगै केन्द्रमा प्रभाव राख्ने सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् ।

त्यसैगरी क्षेत्रीय सभापतिमा पनि सिंह प्यानलका हरेन्द्र सहनी पराजित भएका छन् । प्रदेश मन्त्री वीरेन्द्र सिंह प्यानलका रामआश्रय साह सभापतिमा विजयी भएका छन् ।

अमरेश र वीरेन्द्र पक्षबीचको विवादका कारण सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा यसअघि अधिवेशन हुन सकेको थिएन । 

सर्लाही १ र ४ मा मंगलबार सम्पन्न भएको छ भने क्षेत्र नम्बर ३ मा आज बुधबार मतदान हुने भएको छ । क्षेत्र नम्बर २ मा अझै विवाद कायमै छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १०:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार