घोराही तुलसीपुर सडक निर्माणमा चरम ढिलाइ

मंगलबार, मंसिर २१, २०७८

दाङ, २१ मंसिर । घोराही तुलसीपुर सडक निर्माणको काममा चरम ढिलासुस्ती हुँदा नागरिकले सास्ती पाएका छन् । निर्माण सक्नुपर्ने समयमा बल्ल सडक निर्माण सुभारम्भ भनेर घोषणा गरिएको भएपनि काम सुरु हुन नसकेको हो । 

मंसिर १० गते प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसहित सुरक्षा निकायका प्रमुखहरुलाई राखेर तामझामका साथ सडक निर्माण शुभारम्भ कार्यक्रम गरिएको भएपनि निर्माण व्यवसायीले अझैं कामको सुरुआत गरेका छैनन् । 

तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टका प्रबन्ध निर्देशक प्रविण ब्रह्मदेव पाण्डेले शुभारम्भ कार्यक्रममा एक सातामा काम सुरु गर्ने बताए पनि १० दिन वितिसक्दासमेत काम सुरु हुन नसकेको हो । 

घोराही तुलसीपुर सडक चारलेन बनाउने योजना २०७६ साल असारमा सुरु भइ २०७८ वैशाखमा सम्पन्न हुनुपर्ने थियो। तर, यो बीचमा निर्माणको काम ७ प्रतिशत मात्रै भएको छ। 

ठेकेदारले सडक निर्माणको नाममा त्यसै छाड्दा यात्रुहरु जोखिममा परेका छन् । निर्माण कम्पनीले चार लेन सडक निर्माणको काम अब आफैंले अघि बढाउने बताएको भएपनि अहिले अन्य दुई निर्माण कम्पनीलाई जिम्मा दिएको छ । सवा एक अर्ब रुपैयाँको लागतमा बन्ने सडकमा अहिलेसम्म १२ करोड रुपैयाँ खर्च भएको जनाइएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  ०५:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार