भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज

सोमबार, मंसिर २०, २०७८

काठमाडौं, २० मंसिर । भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज सोमबार हुँदैछ । त्यसका लागि बिहान ११ बजे संसदीय सुनवाइ विशेष समितिको बैठक बस्दैछ ।  यअसघि ५ मंसिरका लागि सुनुवाइ निर्धारण भए पनि कोरम नपुगेपछि सरेको थियो । १५ सदस्यीय समितिमा अहिले ११ सदस्य रहेका छन् । पाँच जना मात्रै उपस्थित भएपछि बैठक स्थगित गरिएको थियो ।  समितिको अर्काे बैठक १७ मंसिरमा तय भएको थियो । तर, १७ गतेको बैठकमा पनि कोरम नपुग्ने भएपछि आजका लागि सारिएको थियो । ११ कात्तिमा बसेको मन्त्रिपरिषद्ले भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूत सिफारिस गरेको थियो । समितिले १० दिने उजुरी आह्वान गरेर सुनुवाइका लागि बैठक बोलाए पनि कोरम नपुग्दै  सुनुवाइ नै हुन सकेको छैन । संसदीय सुनुवाइले अनुमाेदन गरेपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  १२:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार