वर्माकी नेतृ सुकीलाई ४ वर्ष जेल सजाय

सोमबार, मंसिर २०, २०७८

यांगुन, २० मंसिर । वर्माकी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाँय ताेकिएकाे छ । म्यानमारकाे सैनिक सरकारले नेतृ सूचीलाई साेमबार चार वर्ष जेल सजाँय सुनाएकाे हाे । उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् । उनीमाथि असन्तुष्ट समूहलाई उक्साएकाे र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेकाे काेभिड नियम उल्ल‌ंघन गरेकाे अभियाेग लगाइएकाे छ । यसबाहेक उनीविरुद्ध ११ अ‌ाराेप लगाइएकाे छ । सुकीले अ‌ाफूमाथि लगाइएका सबै अ‌ाराेप अस्वीकार गर्दै अ‌ाएकी छिन् ।  फेब्रुवरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारकाे नेतृत्व गरेकी थिइन् । निर्वाचनमा व्यापक धाँधली गरेकाे सेनाले अ‌ाराेप लगाउँदै अ‌ाएकाे छ । सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेर विभन्न अ‌ाराेपमा मुद्दा लगाउँदै अ‌ाएकाे थियाे । 

 

 

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  १२:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार