कमल थापाका भतिजा अभिषेकले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने 

आइतबार, मंसिर १९, २०७८

काठमाडौं, १९ मंसिर । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाका भतिजा अभिषेक थापाले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने बताएका छन् ।  हालै सम्पन्न एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी अन्ततः राजीनामा दिने तयारीमा पुगेका हुन् । महाधिवेशनमा आफूहरूमाथि षड्यन्त्र भएकाले नैतिकताका आधारमा बस्न नमिल्ने भएकाले सदस्यबाट राजीनामा दिने लागेको अभिषेकले बताए ।  ‘पार्टी र राजतन्त्रका लागि हाम्रो परिवारले धेरै योगदान गर्‍यो । तर, जसको लागि योगदान गरियो, उसैले नै षड्यन्त्रपूर्वक पराजय गराउन भूमिका खेल्यो । अब पार्टी केन्द्रीय कमिटीमा बस्नु नैतिकताले दिएन । सहकर्मीसँग सल्लाह गरेर केन्द्रीय सदस्ूयबाट राजीनामा दिने तयारीमा छु’, उनले न्युज कारखानासँग भने ।   अध्यक्षमा काका कमल थापा पराजित भएपछि उनले सदस्यबाट राजीनामा दिन लागेका हुन् । थापा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका हुन् । 

 

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  १३:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार