माओवादी निकट प्रेस सेन्टरको अधिवेसन सुरु

शनिबार, मंसिर १८, २०७८

काठमाडौं, १८ मंसिर : नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन नेपाल प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेसन सुरु भएको छ ।  चितवनमा आजबाट सुरु भएको महाधिवेसनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । चौथो महाधिवेसनले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ । महेश्वर दाहाल नेतृत्वको प्रेस सेन्टरमा नयाँ नेतृत्वको लागि सहमतिको प्रयास समेत जारी छ।

प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  १४:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार