प्रधानन्यायाधीश जबरा डिस्चार्ज 

शुक्रबार, मंसिर १७, २०७८

काठमाडौँ, १७ मङ्सिर । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आज सशस्त्र प्रहरी बल, नेपाल एपिएफ अस्पताल बलम्बुबाट स्वास्थ्यलाभ गरी घर फर्केका छन् । कोभिड–१९ को सङ्क्रमण निमोनियाका कारण उनी यही मङ्सिर १३ गतेदेखि सो अस्पतालमा उपचाररत थिए । अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन नेपालद्वारा आज यहाँ जारी विज्ञप्तिमा प्रधानन्यायाधीश राणा स्वास्थ्य लाभ गरी घर फर्केको उल्लेख छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  २०:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार