जुम्लाका विपन्न र अपांगता भएका साढे पाँच सयलाई खाद्यान्न राहत

शुक्रबार, मंसिर १७, २०७८

जुम्ला, १७ मंसिर : जुम्लाकाे कनकासुन्दरी र चन्दननाथ गाउँपालिकाका पाँच सय ५५ व्यक्तिलाई राहत वितरण गरिएको छ । कोरोनाका कारण प्रभावित भएका २ सय ४९  जना अपाङ्गता भएका व्यक्ति र विपन्न नागरिकलाई  गरी पाँच सय ५५ जनालाई राहत वितरण गरिएको अपांग पुर्नस्थापना तथा विकास केन्द्र जुम्लाले जानकारी दिएकाे छ ।

सहायता कार्यक्रम अन्तर्गत करिब ६ महिना पुग्ने खाद्यन्न वितरण गरिएको केन्द्रका अध्यक्ष नन्दराज धितालले बताए  । जसमा चामल ६० केजी, दाल १५ केजी, १ किलो नून, दुईवटा सावुन, जिरा, खुर्सानी, धनिया सहितका खाद्य सामग्री वितरण गरिएको परियोजना संयोजक ठालुराम चौधरीले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  ०८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार