भारतको भोपालमा ग्यास चुहावट हुँदा २० हजारको मृत्यु भएको त्यो दिन

विश्व इतिहासमा आजः
शुक्रबार, मंसिर १७, २०७८

भोपालमा ग्यास दुर्घटना
भारतको भूपालमा आजकै दिन अर्थात सन् १९८४ को ३ डिसेम्बरमा एउटा ग्यास भट्टीमा ग्यास चुहावट हुँदा कम्तिमा २० हजारको मृत्यु भएको थियो । ग्यास चुहावटपछि भोपालका पाँच लाख मानिसहरुमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिएको थियो । यसलाई विश्वकै सवैभन्दा खराब औधोगिक दुर्घटना मानिन्छ ।
 
इरानमा खमेनीको उदय
 सन् १९७० मा इरानमा आयोतोल्लाह खमेनी त्यहाँको राष्ट्रपति बनेका थिए ।  धार्मिक नेता खमेनी सन् १९७९ को इरान क्रान्तिको समयका मुख्य नेता थिए ।
 
पहिलो पटक नियोन लाइटको आविश्कार
सन् १९१० मा पहिलो पटक नियोन लाइट सार्वजनिक गरिएको थियो । अधिकांंश सहरी क्षेत्रमा देखिने यो लाइटको फ्रान्सेली इन्जिनियर जर्ज क्लाउडेले पहिलो पटक आविश्कार गरेका थिए । ती लाइटलाई पहिलो पटक पेरिस मोटर सोमा प्रदर्शन गरिएको थियो ।
 
अमेरिकाको २१ औं राज्य इलिनोइस
सन् १८१८ को ३ डिसेम्बरमा मध्यपश्चिमी राज्य इलिनोइस अमेरिकामा आबद्ध भएको थियो । इलिनोइस अमेरिकामा आबद्ध हुने २१ औं राज्य हो । तीन ओटा अमेरिकी राष्ट्रपतिले इलिनोइसलाई आफ्नो गृहराज्य बताउँदै आएका छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  ०८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार