गाँजासहित दुई युवा पक्राउ

बिहीबार, मंसिर १६, २०७८

उदयपुर, १६ मङ्सिर । चौदण्डीगढी नगरपालिका– ४ नमूना चोकबाट दुई युवा गाँजासहित पक्राउ परेका छन् । बुधबार साँझ बेल्टारबाट सप्तरीको फक्तेपुरतर्फ जाँदै गरेका उनीहरूलाई बेल्टारस्थित इलाका प्रहरी कार्यलयका प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका– ९ कमलपुर बस्ने वर्ष २६ को रुपेश सदा र वर्ष २९ को जीबछ मण्डल रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए । बेलका नगरपालिका क्षेत्रबाट मदन भण्डारी मार्गहुँदै सप्तरीको फत्तेपुरतर्फ स ११ प १७९ नं को मोटरसाइलमा जाँदै गरेका  उनीहरूलाई बुधबार साँझ गस्तीमा रहेको प्रहरीले खानतलासी गर्दा करिव  एक केजी गाँजा फेला पारेकोे थियो । व्यवसायिक रुपमा गाँजा ओसारपसार गर्दै आएका दुबैजनालाई आज जिल्ला अदालतबाट  म्याद थप गराइ थप अनुसन्धान गरेर  लागुऔषध विरुद्धको मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १५:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार