सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १६ मङ्सिर । दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ । बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् । पशुपति क्षेत्रमा सहजरुपमा बत्ती बालेर बस्ने स्थान पाउन मुस्किल हुने गरेको तेह्रथुमबाट बत्ती बाल्न आएका श्याममणि ढुङ्गानाले गुनासो गरे । मार्गशीर्षकृष्ण त्रयोदशीको बेलुकी पशुपतिनाथमा दिवङ्गत पितृका नाममा महादीपदान गरिन्छ । रातभर जाग्राम बसेर मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान दीप वाग्मतीमा सेलाएर पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छरिन्छ । यसो गरेमा दिवङ्गत पितृको सद्गति हुनुका साथै शान्ति पाउने धार्मिक विश्वास छ । पशुपति क्षेत्रमा बाला चतुर्दशी मेलाका सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।