सोसल मिडिया
Contact Us
युनिकोड
सङ्खुवासभामा निर्मार्णाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदूरको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ सोलाखानीस्थित अडिट ३ मा कार्यरत भारतको मध्यप्रदेशका ४५ वर्षीय मुगेरीलाल सिंहको मृत्यु भएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । गए राति सुरुङभित्र काम गर्ने क्रममा ढुङ्गाले लागेर भारतीय मजदूर सिंह घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । घटनाबारे वास्तविकता पत्ता लगाउन प्रहरी घटनास्थलमा गएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए। सुरुङभित्र काम गर्न मजदूरलाई जोखिम छ । आयोजनाले सुरक्षा सामग्री उपलब्ध नगराएको मजदूरको गुनासो छ ।