सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय महिला आयोगले बलात्कारपछि हत्या भएको भनिएकी बैतडीको दोगडाकेदारकोे घटनाका दोषीलाई कानूनको दायरामा ल्याई घटनाबारे निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न आग्रह गरेको छ । दोगडाकेदार गाउँपालिका–७ स्थित सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीय किशोरी भगिरथी भट्टको यही माघ २१ गते शङ्कास्पद अवस्थामा शव भेटिएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । घटनाको अनुगमन तथा अनुसन्धानका लागि आयोगले राष्ट्रिय मानवअधिकार आयोगसँग समेत छलफल गरिरहेको सचिव शान्ता अधिकारी भट्टराईले जानकारी दिइन् । हिंसाजन्य यस्ता गम्भीर घटनाले व्यक्तिको जीउज्यानको सुरक्षा र मानव अधिकराको गम्भीर उल्लङ्घन भएको आयोगले महसुस गरेको छ । सो घटनाको अनुगमन तथा अनुसन्धानका लागि तत्कालै आयोगले एक टोलीसमेत गठन गरेको छ । आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिनेतर्फ सचेत रहँदै निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत घटनाको सत्यतथ्य उजागर गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । दोषीमाथि कानूनबमोजिम कारवाही गर्न र पीडित परिवारको सुरक्षा तथा न्यायमा पहुँच पु¥याउन आयोगले आग्रह गरेको छ ।
दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह राष्ट्रिय मानव अधिकार आयोगले बैतडी घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त अनुसन्धानका क्रममा साक्षीको सुरक्षा र प्रमाण सङ्कलनमा विशेष सावधानी अपनाउन, घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानूनी दायरामा ल्याउन र पीडित परिवारलाई अन्तरिम राहतसमेत उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको छ । बैतडीको दोगडा केदार गाउँपालिका–७ घर भई सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत १९ वर्षीया भागरथी भट्टको यही माघ २१ गते बलात्कारपछि हत्या गरिएको भनिएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण जनाउँदै प्रदेश कार्यालय धनगढीबाट अनुगमन टोली घटनास्थलतर्पm प्रस्थान गरेको आयोगले जनाएको छ । आयोगले जिल्ला प्रहरी कार्यालय बैतडीलाई घटनाको अनुसन्धान तथा पछिल्लो अवस्थाबारे जानकारी माग गरी पत्राचार गरेको छ । विद्यालयबाट घर फर्कने क्रममा खोचलेक गिरेगाडा ग्रामीण सडकअन्तर्गत लवलेक जङ्गलमा बीभत्स हत्या गरी निजलाई फालिएको बुझिएको आयोगको विज्ञप्तिमा छ । बैतडीलगायत विभिन्न पहाडी तथा हिमाली जिल्लामा विद्यार्थीले धेरै टाढा पैदलै भौगोलिक दूरी पार गरी शिक्षा हासिल गर्नुपर्ने बाध्यता रहेको अवस्थामा शान्तिसुरक्षाको अभावमा हुने यस प्रकारका घटनाले बालबालिकाको बाँच्न पाउने, संरक्षित हुन पाउने र बालविकासको अधिकारमा अवरोध उत्पन्न भई बाल मनोविज्ञानमा नकारात्मक असर परेको देखिएको आयोगले जनाएको छ । कारवाही गर्न नागरिक संस्थाको आग्रह बैतडीमा विद्यालयबाट घर फर्कदै गर्दा यही माघ २१ गते भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको घटनाप्रति निन्दा गर्दै बालअधिकार र मानवअधिकारसँग सम्बन्धित संस्थाहरुले दोषीलाई कारवाहीको माग गरेका छन । बालबालिका शान्ति क्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियान (सिजप) लगायत सञ्जालले ‘यस्ता मानवताविरोधी जघन्य अपराधहरु निरन्तर हुनु सभ्य र सुसंस्कृत समाज निर्माणका लागि गम्भीर चुनौती भएको जनाएका ह्न् । सिजपका अध्यक्ष नरेन्द्र डङ्गोलले तीनै तहका सरकारबाट मानवताविरोधी जघन्य अपराधहरु हुन नदिन सचेतना र जागरण अभियान सञ्चालन गर्न र उक्त कार्यमा लगानी बढाउन सरकारलाई आग्रह गरे । घटनाको अनुगमन गर्न र पीडितलाई न्याय दिन पहल गर्र्नुपर्ने अपिल गर्दै आज विभिन्न संस्थाले विज्ञप्ति निकालेका छन् । विज्ञप्तिमा ऐक्यबद्धता जनाउनेहरुमा महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन), बालसहभागिताका लागि कार्यरत संस्थाहरुको साझा समूह (कन्र्साेटियम नेपाल), राष्ट्रिय बालसंरक्षण सञ्जाल, बालअधिकार समिति, मानव अधिकार सन्धि अनुगमन केन्द्र, बालअधिकारवादी सहकर्मी संस्थाहरुको राष्ट्रिय मञ्च, बालगृह सञ्जाल नेपाल (सिनेट नेपाल) लगायतका संघसंस्था छन् ।