पार्टीलाई विधि, पद्धतिमा हिँडाउन अन्तिमसम्म प्रयास गरेँ : भीम रावल

बुधबार, मंसिर १५, २०७८

काठमाडौं, १५ मंसिर । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले पार्टीलाई विधि पद्धतिमा हिँडाउन आफूले प्रयास गरेको बताएका छन् । दशौं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँगको प्रतिस्पर्धामा पराजित रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिडाउन मैले अन्तिमसम्म प्रयास गरेको बताए । त्यसका लागि महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको उनले प्रष्ट पारेका छन् । रावलले आफूलाई साथ, समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई धन्यवाद दिएका छन् ।

 

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १५:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार