एमाले महाधिवेशनमा नगएका प्रचण्ड राप्रपा महाधिवेशनमा सहभागी 

बुधबार, मंसिर १५, २०७८

काठमाडौं, १५ मंसिर । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राप्रपा महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशनमा शुभकामना दिन प्रचण्ड पुगेका हुन् । ६ दिनअघि भएको एमालेको १०औँ महाधिवेशनमा सहभागी नभएका प्रचण्ड राप्रपा महाधिवेशनमा सहभागी हुन पुगेका हुन् । १० मंसिरमा भएको एमाले महाधिवेशन उद्घाटन सत्रमा आफू नगएर लिलामणि पोखरेललाई पठाएका प्रचण्डले बुधबार भइरहेको राप्रपाको उद्घाटन सत्रमा सहभागी भएका हुन् । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १३:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार