लोहारपट्टीकी ३४ वर्षीया महिला मृत फेला

बुधबार, मंसिर १५, २०७८

महोत्तरी, १५ मंसिर  । लोहारपट्टी नगरपालिकाकी ३४ वर्षीया एक महिला मंगलबार राति मृत अवस्थामा फेला परेकी छन् । उनलाई टाउकोमा गहिरो चोट लागेको अवस्थामा लोहारपट्टी बजारनजिकै फेला पारिएकाे हाे । उनी स्थानीय सुरेन्द्र मण्डलकी श्रीमती रुबी मण्डल भएकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनकाे कसैले हत्या गरेको हुनसक्ने प्रहरीकाे अनुमान छ । मृतक रुबीकाे शवलाई  घटनास्थल मै राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय प्रमुख दिनेश आचार्यले जानकारी दिए । मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतको पन्जाबमा छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १२:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार