‘देश छान्ने कि गठबन्धन'भन्ने अवस्था आएमा हामी देश छान्छौं : माओवादी नेता पोखरेल

बुधबार, मंसिर १५, २०७८

सिरहा, १५ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य एवं पूर्वशिक्षामन्त्री गिरिराजमणी पोखरेलले अहिलेको गठबन्धन आगामी चुनावसम्म कायम रहने बताएका छन् । धनगढीमाई नगरपालिकाको प्रथम सम्मेलनलाई सम्बोेधन गर्दै उनले माओवादी विनासर्त गठबन्धनसँग मिलेर चुनावमा जाने बताएका हुन् ।  ‘अहिलेको गठबन्धनसँग मिलेर हामी चुनावमा पनि जान चाहन्छौँ । तर, कांग्रेसले यथास्थिति एमसीसी पास गराउने प्रस्ताव ल्याइरहेको छ । यतिबेला हामी देश छान्ने कि, गठबन्धन रोज्ने भन्ने अवस्था आयो भने हामी देश छान्छौं,’ उनले भने  । चुनावमा समीकरण गर्ने नाममा कुनै पनि अपारदर्शी, देश र जनतालाई आघात पुग्ने सहमति गर्न नसकिने उनले बताए ।  पोखरेलले एमालेले अब बामपन्थी पार्टी नरहेको जिकिर गरे । एमालेको अहिलेको नेतृत्व निरंकुशतार्फ अघि बढिरहेको जिकिर गर्दै उनले एमाले नेतृत्व मुलुकलाई कमजोर बनाउने र निरंकुशतातर्फ लैजाने क्रममा रहेको बताए । 

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १२:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार