उषाकलासहित तीन महिला प्रदेश १ बाट केन्द्रीय सदस्यमा निर्विराेध 

सोमबार, मंसिर १३, २०७८

काठमाडौं, १३ मंसिर । नेकपा एमालेको १०औँ महाधिवेशनमा प्रदेश १ की सांसद उषाकला राईसहित तीन जना महिला केन्द्रीय सदस्यमा निर्विरोध चयन भएका छन् । प्रदेश १ बाट तीन जनाको कोटामा उषाकला राईसहित निरा खनाल र मेनुका काफ्लेको मात्रै उम्मेदवारी परेपछि तीनै जना निर्विरोध भएका हुन् । एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका तीन जनाविरुद्ध अन्यले उम्मेदवारी नदिएपछि राईलगायत तीनै जना निर्विरोध केन्द्रीय सदस्य चयन भएका हुन् । यद्यपि, निर्वाचन समितिले भने औपचारिक रुपमा घोषणा गरेको छैन । 

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १५:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार