नेपालमा न्युन चापीय प्रणालीकाे प्रभाव, कस्ताे छ आजकाे माैसम ?

सोमबार, मंसिर १३, २०७८

लण्डन, १३ मंसिर : नेपालमा न्युन चापीय प्रणालीकाे आंशिक प्रभाव परेकाे छ ।  माैसम पूर्वानुमान महाशाखाका अनुसार ब‌ंगलादेश तथा अरब सागर रहेको छुट्टाछुट्टै न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेकाे हाे । 

साेमबार बिहान पहाडी भूभागमा बदलीका साथै र पहाड तथा तराईमा हुस्सु र कुहिरो लागेकाे छ ।

दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक/ दुई स्थानमा हल्का हिमपातको सम्भावना  छ ।

राति देशभर आँशिक बदली रहनेछ । 

 

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  ०७:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार