दाङमा मतदाता नामावली संकलन विशेष कार्यक्रम 

सोमबार, मंसिर १३, २०७८

दाङ,१३ मंसिर  : दाङमा मतदाता नामावली संकलन विशेष कार्यक्रम सुरु हुने भएकाे छ। दाङका सात वटा पालिकासहित घोराहीस्थित प्रदेश निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तुलसीपुर र इलाका प्रशासन कार्यालय लमहीमा मतदाता नामावली संकलनकाे काम १७ बाट सुरु हुने भएकाे हाे ।

मतदाता नामावली संकलन विशेष कार्यक्रम पुस मसान्तसम्म सञ्चालन हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख मीनराज भट्टराइले जानकारी दिए

मतदाता नामावलीमा नाम दर्ता गराउँदा नागरिकले नागरिकताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको ठेगाना भन्दा अन्य स्थानको मतदाता नामवलीमा नाम दर्ता गराउँदा बसाइँसराइको प्रमाणपत्र, विवाह दर्ताको प्रमाणपत्रसहितको कागज आवश्यक पर्छ ।

बाहिरी जिल्लामा स्थायी ठेगाना रहेकाको समेत मतदाता नामवलीको विवरण संकलन गरिने व्यवस्था छ । बाह्य जिलाका नागरिकलाई बसाेबास रहेकै जिल्लामा निर्वाचन कार्यालय तथा प्रदेश निर्वाचन कार्यालयमा आएर आफ्नो विवरण भरी मतदाता नामवलीमा नाम समावेश गर्न सकिने व्यवस्था गरिएकाे छ ।  

दाङमा हाल ३ लाख ७७ हजार ५ जना मतदाता रहेका निर्वाचन कार्यालयले जानकारी गराएको छ । त्यसमध्ये १ लाख ९० हजार ८ सय ७५ महीला, १ लाख ६ हजार १ सय ८ पुरुष र २ जना तेस्रो लिंगी रहेको छन ।

नेपालमा १ करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाता छन् ।  

 

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  ०७:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार