चीनले दियो कोभिडविरूद्धको दोस्रो खोपलाई प्रयोग अनुमति 

आइतबार, माघ २५, २०७७

बेइजिङ । चीनको औषधि उत्पादन तथा नियमनकारी निकायले कोभिड–१९ विरूद्धको दोस्रो खोपलाई आम प्रयोगका लागि सशर्त अनुमति प्रदान गरेको छ । चिनियाँ सिनोभ्याक कम्पनीद्वारा विकसित उक्त कोरोनाभ्याक खोपलाई प्रयोगका लागि सशर्त अनुमोदन गरिएको कम्पनीले जानकारी गराएको छ । यो खोप कोरोनाभाइरसको उच्च जोखिमका मुख्य समूहहरूमा पहिले नै प्रयोग गरिएको छ । शनिबारको स्वीकृतिले आम जनतामा यसको प्रयोगको लागि मार्गप्रशस्त गरेको छ । शर्तमा क्लिनिकल परीक्षणहरू सामान्य मापदण्डहरू पूरा गर्न अझै बाँकी रह ेपनि आपतकालीन अवस्थामा यसलाई सर्बसाधारणका लागि प्रयोग गर्नसमेत खुला गरिएको छ । ‘ब्राजिल र टर्कीलगायतका देशहरूमा खोपको स्वदेश तथा विदेशमा भएका बहुमुखी परीक्षणपछि यसलाई आम जनतालाई प्रयोग गर्नका लागि स्वीकृति मिलेको छ यद्यपि प्रभावकारिता र सुरक्षा नतीजाहरूबाट यस खोपबारे थप अध्ययन अघि बढ्नु आवश्यक रहनेछ’, सिनोभ्याकले एक विज्ञप्ति जारी गरी बताएको छ । चीनको अर्को एक औषधि कम्पनी सिनोफार्मले यस्तै सर्तमा खोप प्रयोगका लागि डिसेम्बरमा अनुमति पाएको थियो । ‘ब्राजिललगायतका मुलुकमा भएको क्लिनिकल परीक्षणले सङ्क्रमण रोक्नको लागि खोपको करीब ५० प्रतिशत प्रभावकारीता पुष्टि भएको छ भने र सङ्क्रमणपछि चिकित्सकीय उपचारमा ८० प्रतिशत प्रभावकारिता देखिएको छ’ कम्पनीको विज्ञप्तिमा भनिएको छ । परीक्षण नतिजाले खोपको सुरक्षा र सबै उमेर समूहका व्यक्तिमा सङ्क्रमण निर्मुलिकरणमा खोप प्रभावकारी भेटिएको दावी सिनोभ्याकका अधिकारीहरूले गरेका छन् ।–एएफपी
 

प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  ०३:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार