बैतडी बस दुर्घटना ९ जनाको मृत्यु, ३४ घाइते

शुक्रबार, कात्तिक २८, २०७७

दार्चुला । बिहीबार राति बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । बैतडीको डिलाशैनी गाउँपालिका–२ गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको पवनदूत यातायातको यात्रुवाहक बस बिहीबार राति साढे १० बजे बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा ७ जना पुरुष र २ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । 
सानो घुम्तीबाट बस ५ सय मिटर जति तल खसेको उनले बताए । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ । ८ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको हो । 
दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । प्रहरी र स्थानीय मिलेर राति नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरेका थिए । मृतकको शव निकालिएको छ । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पातल ल्याउँदै गरेको पनि प्रहरीले बताएको छ । उक्त बसमा ४० भन्दा बढि सवार रहेको बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७  ०८:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार