जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख सहयोग

शुक्रबार, मंसिर १०, २०७८

जनकपुरधाम :  हात्तीको आक्रमणबाट मृत्यु भएका धनुषाका एक मृतकको परिवारलाई सरकारले १० लाख आर्थिक सहयोग गरेको छ । 

२०७७ चैत १६ सालमा घरमा सुतिरहेका मिथिला नगरपालिका-८ बस्ने ८० वर्षीय पदमबहादुर खपतडीको जंगली हात्तीको आक्रमणमा मृत्यु भएको थियो । 

बिहीबार धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र डिभिजन वन कार्यालय धनुषाका वन अधिकृत सुनिल कर्णले संयुक्त रूपमा मृतका परिवारलाई १० लाखको चेक हस्तान्तरण गरेका छन् ।    

वन्यजन्तुबाट हुने राहत सहयोग २०६९ को संशोधन २०७४ अनुसार पीडितलाई आर्थिक सहयोग गरिएको डिभिजन वन कार्यालय धनुषाका वन अधिकृत कर्णले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  ०७:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार