सोसल मिडिया
Contact Us
युनिकोड
सुर्खेत, ८ मंसिर । सुर्खेत कांग्रेसका सभापति महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को अधिवेशनमा सभापति कमलराज रेग्मी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । उनी पुनः जिल्ला सभापतिको उम्मेदवार हुने चर्चा थियो । निर्वाचन क्षेत्रको अधिवेशनमा उनी पराजित भएपछि अब सभापति हुने उनको चाहनामा धक्का लागेको छ । त्यस्तै, पूर्वमन्त्रीसमेत रहेका शिवराज जोशी पराजित भएका छन् । उनले पनि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए ।