सिरहाका  १० स्थानीय तहमा कांग्रेसको सर्वसम्मत नेतृत्व

बुधबार, मंसिर ८, २०७८

सिरहा, ८ मंसिर । नेपाली कांग्रेसको १४औँ अधिवेशन अन्तर्गत सिरहाका १० स्थानीय तहको नेतृत्व सर्वसम्मत चयन भएको छ । सिरहाका १७ स्थानीय तहमध्ये तीन गाउँपालिका र सात नगरपालिकाका पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । लहान र धनगढीमाई नगरपालिको निर्वाचन भइरहेको छ भने बाँकी पालिकामा सर्वसममतको प्रयास भइरहेको जिल्ला सचिव पन्चलाल महतोले जनाएको छ । अधिवेशनले सिरहा नगरपालिका सभापतिमा अषिशलाल यादव, गोलबजार नगरपालिकामा राजदेव साह ‘ लालबाबु’, मिर्चैया नगरपालिकामा रमेश न्यौपाने, कल्यानपुर नगरपालिकामा कृष्णा साह, कर्जन्हा नगरपालिकामा मानबहादुर पाण्डे सर्वसम्मत चयन गरेको छ । लक्ष्मीपुर पतारी गाउँपालिकामा विद्यानन्द साह, भगवानपुर गाउँपालिकामा सुभास यादव, नवराजपुर गाउँपालिकाा मदन यादव, बरियारपट्टि योगेन्द्र यादव र नरहा गाउँपालिकामा कमल प्रसादमण्डल  चयन भएका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १२:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार