राखेप पूर्वउपाध्यक्ष टेण्डी शेर्पाको निधन

बुधबार, मंसिर ८, २०७८

काठमाडौं, ८ मंसिर : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको ५१ वर्षको उमेरमा निधन भएको छ।

नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका शेर्पाको बुधबार बिहान ३ बजे निधन भएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जानकारी दिए । उनी मोटर न्युरोन डिजिजबाट ग्रसित थिए ।

अमृत साइन्स क्याम्पसका पूर्वसभापतिसमेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्वमहासचिव पनि हुन् ।  

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १०:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार