भीम रावलजीले भोटिङ ओके भनेपछि ढुक्क भएँ : ओली 

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं, ७ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनमा भोटिङ मेसिनप्रति ढुक्क रहेको बताएका छन् । पत्रकारहरूसँग मंगलबार कुरा गर्दै अध्यक्ष ओलीले भीम रावल ढुक्क भएपछि आफू पनि ढुक्क रहेको बताए ।  ‘भीम रावलजीले भोटिङ ओके छ भनेपछि म पनि ढुक्क छु’, उनले भने । तर, आफूले मेसिन नचलाएको ओलीको भनाइ छ ।  एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदै छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १५:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार