एमाले महाधिवेशन : उद्घाटन सत्रको मञ्च दुई तलाको हुने 

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं, ७ मंसिर । नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रको मञ्च दुई तलाको हुने भएको छ । चितवनको नारायणी नदी किनारमा हुने उद्घाटन सत्रको मञ्च दुई तलाको हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार यस विषयमा गृहमन्त्रालयका सचिवसहित सुरक्षा निकायका प्रमुखसँग छलफल भएको छ । १०–१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा दुई २०० प्रतिनिधिसहित थप पाँच प्रतिशत मनोनीत सहभागी हुने र उनीहरूका लागि तीन हजार ५०० कोठा बुक गरिएको भट्टराईले जानकारी दिए । बन्द सत्रमा ५०० र उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक खटिने भएका छन् । 

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १५:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार